धनगढी । धनगढीको सहिदगेट-क्याम्पस चोक सडकमा पर्ने नालीहरु जिर्ण बन्दै गएका छन् । नाला निर्माण भएको एक वर्ष पनि नबित्दै नालामा गरिएका ढलान र राखिएका स्ल्याब जिर्ण बनेका हुन् ।
अहिले उक्त सडकखण्डमा पर्ने अधिकाशं क्षेत्रमा नाला भत्किएका छन् ।
नालामाथि राखिएका स्ल्याब भत्किंदा ठाउँठाउँका नालामा भ्वाङ्ग परेको छ । जसले सडकको सौन्दर्यता बिगार्नुका साथै जोखिम पनि बढाएको स्थानीयहरुले गुनासो गरेका छन् । ‘नाला बनेको १ वर्ष पनि नबित्दै भत्किसक्यो’, एक स्थानीयले भने, ‘यसले सडकको सुन्दरता बिगार्नुका साथै जोखिम बढेको छ ।’
अर्कोतर्फ निर्माण सकिएको १ वर्षमै नाला जिर्ण बनेपछि नालाको गुणस्तरमाथि पनि प्रश्न उठेको छ । निर्माणका क्रममै निर्माणको जिम्मा पाएको कम्पनीले कमसल सामाग्रीको प्रयोग गरेकै कारण १ वर्षमै नाला भत्किएको स्थानीयले आरोप लगाएका छन् ।
त्यसो त धनगढीको मुख्य सडकपछि सबै भन्दा धेरै आवतजावत हुने उक्त सडक निर्माणको ठेक्का कालिका कन्ष्ट्रक्सनले पाएको थियो । तर १ वर्षमै नालाको यो हविगत भए पछि ठेकेदार कम्पनिमाथि पनि प्रश्न उठ्न थालेको छ । थप फोटो फिचरमा हेर्नुहोस:
प्रतिक्रिया दिनुहोस्