नेपाल प्रिमियर लिगको लागि क्याप्टेन बने सुदूरपश्चिमका दिपेन्द्रसिंह

धनगढी : नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज टिमको मार्की प्लेयर शनिवार टुंगो लागेको छ। नेपाल प्रिमियर लिग(एनपिएल) को पहिलो संकरणका लागी मार्की खेलाडीको लक्की ड्र मार्फद छनौट गरिएको हो।

मंसिर १५ देखि पुस ६ सम्म काठमाडौंमा हुने एनपीएलको पहिलो संस्करणका लागि सुदूरपश्चिम प्रदेश टिमको क्याप्टेनमा स्ट्रार क्रिकेटर सुदूरपश्चिमकै दिपेन्द्रसिंह ऐरी लक्की ड्र मार्फद छानिएका छन। नेपाल क्रिकेट संघले शुक्रवार ८ मार्की प्लेयरको नाम सार्वजनिक गरेको थियो।

SHIKHAR COOL TECH

शनिवार आयोजित कार्यक्रममा ती मार्की प्लेयरको टिम टुंगो लगाइएको हो। जस अनुसार काठमाडौंको मार्की प्लेयरमा करण केसी, पोखराको कुशल भुर्तेल, चितवनको कुशल मल्ल, विराटनगरको सन्दीप लामिछाने, जनकपुरको आसिफ सेख, लुम्बिनीको रोहित पौडेल, कर्णालीको सोमपाल कामी र सुदूरपश्चिमको दीपेन्द्रसिंह ऐरी मार्की प्लेयर बनेका छन्।

मार्की खेलाडीको न्यूनतम मूल्य २० लाख रुपैयाँ तोकिएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ।  छनौट गरेको मार्की खेलाडीले ३ बर्ष सम्म खेल्नु पर्ने हुन्छ भने टिमबाट रिलिज गर्ने अधिकार फ्रेन्चाईज टिमसँग हुने छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार