विश्व हिन्दु परिषद् धनगढीको प्रथम बृहत रक्तदानमा १ सय १० जनाले गरे रक्तदान

धनगढी : विश्व हिन्दु परिषद् धनगढी नगर समितिको आयोजनामा प्रथम बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रक्तदान जीवनदान भन्ने मूल मर्मलाई आत्मसात् गरि विश्व हिन्दु परिषद् धनगढीले पार्क मोडमा विहान ८ : ३० बजे देखि २ बजे सम्म रक्तदान कार्यक्रम संचालन गरेको विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष महेन्द्र पन्तले बताए।

धनगढी रक्तसञ्चार केन्द्रलाई सहयोग पुर्याउन र कसैको एक पिन्ट रगतले कसैले नयाँ जीवन पाउने भएकाले जिल्ला रेडक्रस कैलालीको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको हो। विश्व हिन्दु परिषद् धनगढीको आयोजनाको रक्तदान कार्यक्रममा ९४ पुरुष १६ महिलाले गरी १ सय १० जना रक्त दाताले रक्तदान गरेको समेत नगर अध्यक्ष पन्तले बताए।

Dengue

उक्त रक्तदान कार्यक्रममा धनगढी ५ मा बस्ने नवराज जोशीका परिवारका ३ जना( नवराज जोशी स्वयं , श्रीमती र छोरा) ले रगत दान गरेर रक्तदाताहरुलाई प्रोत्साहित गरेको समेत उन्ले बताए

विभिन्न संघ संस्थामा आवद्ध व्यक्तित्व, नेपाल प्रहरी, धनगढी नगर प्रहरी, अन्य रक्तदाताहरुको सहयोगमा १ सय १० पिन्ट रगत सङ्कलन भएको छ। विश्व हिन्दु परिषद्को प्रथम बृहत रक्तदान कार्यक्रमलाई सम्पन्न गर्न सहयोग गर्ने सम्पुर्णलाई विशेष धन्यवाद र आगामी दिनमा पनि यस्तै साथ सहयोगको अपेक्षा गरेको विश्व हिन्दु परिषद् धनगढी नगर समितिका अध्यक्ष पन्तले बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार