पुनर्वासस्थित दोदा नदीमा बाढी, बेलौरी हुलाकी सडकखण्ड अवरुद्ध

कञ्चनपुर : कञ्चनपुरको पुनर्वासस्थित दोदा नदीमा बाढी आउँदा धनगढीबेलौरी हुलाकी सडकखण्ड अवरुद्ध भएको छ । बुधबार रातीदेखि परेको अविरल वर्षाले दोदा नदीमा बाढी आउँदा पुनर्वास नगरपालिका-५ मा धनगढी बेलौरी हुलाकी सडकखण्ड अवरुद्ध भएको हो ।

अहिले आवतजावत बन्द गरिएको छ । सडक माथिबाट पानीको बहाब बढिरहेको छ भने पुनर्वास नगरपालिका-५ का सिमरी, रातोताल र पुनर्वास-२ को दशरथबस्ती डुबानमा परेको छ ।

Dengue

बाढी आउँदा सिमरी र रातोतालका ६०/७० घरपरिवार डुबान र दशरथबस्तीका ६/७ घर डुबान परेको इलाका प्रहरी कार्यालय पुनर्वासका प्रहरी निरीक्षक महेश विक्रम शाहीले बताए । घरभित्र पानी पसेका घरपरिवारहरुलाई नजिकैको विद्यालय र मन्दिरमा राखिएको प्रहरीले जनाएको छ ।

बस्तीमा पानी पस्न थालेपछि सुरक्षित स्थानमा स्थानान्तरणका लागि जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी डुबान क्षेत्रमा खटिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार