वर्षाका कारण भिमदत्त राजमार्ग सहित सुदुर पहाडका ८ वटा सडक अवरुद्ध

धनगढी : वर्षाका कारण भिमदत्त राजमार्ग सहित सुदुर पहाडका ८ वटा सडक बन्द भएका छन् । बुधबार साँझ देखीको अबिरल बर्षाका कारण सुदुर पहाडका ८ सडक बन्द भएका हुन् ।

प्रहरीका अनुसार डडेल्धुराको साहुखर्कमा पहिरो खस्दा भीमदत्त राजमार्ग अवरुद्ध भएको छ। फल्टुडे, खानीडाँडा, भासुभिर, बुडर, रडुवा, मेलखर्क, आलिताल लगायत क्षेत्रको सडक खण्ड पनि अबरुद्ध हुन पुगेको छ।

Seti Hospital

डोजरले पन्छाएर सवारीसाधन चलिरहेका थिए। तर राति ११ बजे भने ठूलो पहिरो खसेकाले अवरोध हटाउन समय लाग्ने देखिएको प्रहरीले जनाएको छ। राजमार्ग अवरुद्ध हुँदा पहाडी जिल्लाबाट गन्तव्यका लागि छुटेका सवारीसाधन साहुखर्कमै रोकिएका छन्।

यस्तै डडेल्धुराकै गन्यापधुरा गाउँपालिका–२ को रडुवामा समेत पहिरो खस्दा केआईसिंह राजमार्ग अवरुद्ध भएको छ भने आलितालमा खसेको पहिरोले जोगबुढाबुडर सडक पनि बन्द भएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार