अब छिटै कृषि ऐन आउँछ: कृषिमन्त्री अधिकारी

काठमाडाैँ : कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले कृषि ऐन छिटो ल्याउन प्रयत्नरत रहेको बताएका छन्।

शुक्रवार काठमाडौँमा फ्लोरिकल्चर एशोसिएसन नेपालको ३२ औं वार्षिक साधारण सभा तथा कार्यसमितिको निर्वाचनको अवसरमा बोल्दै उनले कृषि ऐन नै लामो समयदेखि ल्याउन नसकेको भन्दै अब छिटै कृषि ऐन ल्याउने प्रतिवद्धता व्यक्त गरेका हुन्।

SHIKHAR COOL TECH

मन्त्रालयले कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरू तर्जुमा गर्नका लागि सुरुवात गरिसकेको उनले जानकारी दिए। उनले भने, ‘कृषिसँग आवद्ध रहेका कुनैपनि ऐनहरू तर्जुमा गर्नका लागि सुरुवात गरेका छौँ। हामीले कृषि ऐन नै लामो समयदेखि ल्याउन सकेका छैनौँ, कृषि ऐन ल्याउँदैछौँ।

कृषि मन्त्रालयअन्तर्गतका बीउविजन, मलका वा आवश्यक पर्ने कुनैपनि ऐन, नियमहरू अहिले तर्जुमा भइरहेका छन्।’ मन्त्री अधिकारीले किसानलाई परेका समस्या समाधान गर्न सरकार तयार रहेको बताए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार