डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता


धनगढी :
डोटीमा खोलाले बगाउँदा एक बालिका बेपत्ता भएकी छन् ।

शुक्रबार बिहान केआईसिंह गाउँपालिका–४, कार्की गाउँकी ८ वर्षीया बालिका निर्मला चन्द स्थानीय गन्ने खोलामा बगेर बेपत्ता भएको प्रहरीले जनाएको छ ।

dashain shuvakamana
Discovery School

जिल्ला प्रहरी कार्यालयका निमित्त प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी ) भीमलाल भट्टराईले वाइल बजारमा दुध पुर्‍याउन जाने क्रममा बिहान ७ बजे बालिकालाई खोलाले बगाएको खबर प्राप्त भएको बताए ।

अहिले स्थानीयको सहयोगमा प्रहरीले बालिकाको खोजी गरिरहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार