वर्षासँगै चलेको हावाहुरीले कैलालीमा धानबालीमा नोक्सानी

धनगढी : बिहीबार रातिदेखि अविरल भइरहेको वर्षासँगै चलेको हावाहुरीले सुदूरपश्चिमको विभिन्न जिल्लाका धानबालीमा नोक्सान पुर्‍याएको छ । कैलाली, कञ्चनपुरलगायतका जिल्लामा वर्षासँगै चलेको हावाहुरीले धानबाली नोक्सानी भएको हो ।

पसाउन लागेको धान हावाहुरीले सोतर पारेपछि किसानहरू चिन्तित बनेका छन् । कैलाली गाउँपालिका ६ बेनौलीका स्थानीय बलबहादुर चौधरीले भर्खरै पसाउन थालेको १० कट्ठा बढी जमिनमा रोपिएको धान सोतर परेको बताए ।

Dengue

हावाहुरीसँगै निरन्तर वर्षा समेत भइरहेकोले कैलाली र कञ्चनपुरमा डुबानको समेत त्रास बढेको छ । जल तथा मौसम विज्ञान विभागले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा हावाहुरीस्थित भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार