कैलालीको कैलारी गाउंपालीका वडा ५ र ७मा डुवानमा

धनगढी : जल तथा मौसम विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ । हाल देशभर मनसुनी वायुको प्रभाव सँगै भारतको मध्यप्रदेशको उत्तरपश्चिम र आसपास रहेको न्यूनचापिय प्रणालीको प्रभाव देखिएकोे जनाएको छ।

गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतयादेखि पूर्णतया बदली रही बाँकी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहेको छ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

Seti Hospital

बुधवार सांझ देखि सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा परेको अविरल वर्षाका कारण बढी पहिरोले जनजिवन प्रभावित भएको छ । त्यसैगरी पछिल्लो ६ घण्टा कैलालीको धेरै स्थानमा भारी बर्षा भएको र थप हुने देखिएकोले, मोहना, खुट्टीया, कान्द्रा, घुराहा, कटैनी, पथरिया नदीको जलसतह बढ्दो छ ।

र सतर्कता-खतरा आसपास बाढी हुने देखिएकाले तटीय क्षेत्र र डुवान हुने होचा स्थानमा हुनेहरू साँझ सम्म उच्च सतर्कता साथ सुरक्षित स्थानमा रहन जल तथा मौसम विभागका गरेको छ।

निरन्तर वर्षाका कारण आएको बढीले गर्दा कैलारी गाउंपालीका वडा ५ र ७ लगायत विभिन्न स्थान डुवानमा परेका छन् । जसले गर्दा जनजिवन प्रभावित भएको छ।

सुदूरपश्चिम प्रदेशका विभन्न जिल्लामा अझै पनि अति नै हावाहुरीसहित पानी पर्ने सम्भावना रहेको हुदा बाढी, पहिरो तथा भूक्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

साथै कल २४ न्युज परिवार पनि नदी क्षेत्रका बासिन्दाहरुलाई बेलैमा सुरक्षित ठाउंमा जान अनुरोध गदछौं ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

समबन्धित समाचार