सेतीमा भाइरलका बिरामी ह्वात्तै बढे, अत्याधिक चापले सेवा सुस्त 

भक्तराज जोशी

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा भाइरल ज्वरोका बिरामी ह्वात्तै बढेका छन् । भदौ मध्यतिरबाट देखिन थालेका भाइरलका बिरामी भदौ अन्तिम पुग्दा ह्वात्तै बढेका हुन् । 

भारइल ज्वरोका बिरामीको संख्या बढेपछि सेती प्रादेशिक अस्पतालको सेवा प्रवाह सुस्त भएको बिरामीहरुले गुनासो गरेका छन् । 

Dengue

उनीहरुले बिरामीको चाप बढ्दा अस्पतालको सेवा झन्झन् सुस्त हुँदै गएको गुनासो गरेका छन् । हो बिरामीको चाप अहिले बढेको हो । तर बिरामीको चाप बढे पनि अस्पतालले त्यही अनुसारको व्यवस्थापन गर्नुपर्ने हो नि, उपचारका लागि सेती प्रादेशिक अस्पताल बिरामीले भने, तर सेवा साह्रै सुस्त भएको छ । जता गए पनि घण्टौँ नपर्खी पालो नै आउँदैन ।

हुन पनि अहिले सेती प्रादेशिक अस्पतालमा दैनिक सयौँ बिरामी उपचारका लागि पुग्ने गर्छन् । जसमध्ये अधिकांश भाइरल ज्वरो र डेंगुका बिरामी छन् । 

तर बिरामीको चाप बढे अनुसार अस्पतालले सेवा चुस्त नबनाउँदा बिरामीहरु उपचारका लागि घण्टौँ कुर्न बाध्य बनेका छन् । हाल अस्पतालको ओपिडी तथा इमर्जेन्सी वार्ड सबै बिरामीले भरिभराउ छन् । 

अर्कोतिर रगत तथा दिसापिसाब जाँच गर्ने ठाउँमा पनि लामो लाइन नबसी पालो आउँदैन । यति हुँदा पनि अस्पतालको क्षमता वृद्धि गर्ने, जनशक्ति थप गर्ने वा सेवा चुस्त बनाउनेतर्फ अस्पतालले कुनै पहल नगरेको बिरामीहरुले गुनासो गरेका छन् । उनीहरुले जनसंख्यासँगै बिरामीको चाप पनि बढ्दै जाँदा अस्पतालको क्षमता वृद्धि गरि सेवा चुस्त बनाउन माग गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

33%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

67%

आक्रोशित

सम्बन्धित समाचार