धनगढीमा जथाभावी फोहोर फाल्नेलाई झ्याप्प समाउँदै जरिवाना तिराइँदै

भक्तराज जोशी

धनगढी । धनगढी उपमहानगरपालिकाले जथाभावि फोहोर गर्नेलाई कारबाही गर्न सुरु गरेको छ । उपमहानगरपालिकाले सरसफाइ सहजकर्ता नै खटाएर फोहोर गर्नेलाई कारबाही गर्न सुरु गरेको हो । 

जसअन्तर्गत आज मात्रै नगरका सरसफाइ सहजकर्ताले जथाभावी फोहोर गर्ने ८ जनालाई कारबाही गरिएको उपमहानगरपलिकाले जनाएको छ । 

Dengue

उपमहानगरपालिकाका अनुसार आज बसपार्क क्षेत्र लगायतका विभिन्न ठाउँमा गुट्खाका खोल, चलकेटका खोल तथा प्लास्टिकका बोत्तल लगायतका फोहोर जथाभावी फाल्ने ८ जनालाई कारबाही गरिएको हो । कारबाहीस्वरुप उनिहरुलाई जरिवाना तिराइएको छ । 

जसमध्ये बोरा तथा प्लास्टिकमा पोको पारेर फोहोर फाल्नेलाई पहिलो पटकका लागि १ हजार रुपैयाँ र गुट्खा तथा चकलेटका खोल फाल्नेलाई पहिलोपटकका लागि ५ सय रुपैयाँ जरिवाना तिराइएको  । 

जथाभावी फोहोर फाल्नेलाई कारबाही गर्ने काम चुस्त पारिएको भन्दै नगरपालिकाले जथाभावी फोहोर नफाल्न पनि नगरबासीलाई आग्रह गरेको छ । 

उपमहानगरपालिकाले यसअघि नै धनगढीलाई फोहोर फाल्न निषेधित घोषणा गरिसकेको छ । सचेतनाका लागि उपमहानगरपालिकाले बसपार्क, चौराह, ६ लेन सडक अन्तर्गतको धनगढी प्रवेश गेट लगायतका क्षेत्रमा माइकिङसमेत गर्दै आएको छ । त्यसका बावजुत पनि जथाभावी फोहोर फालेको पाइए नियमानुसार कारबाही गर्ने उपमहानगरपालिकाले चेतावनी दिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार