किन पक्राउ गर्न खोजियो प्रेस चौतारीका ध्यक्षलाई,हेर्नुहोस यस्तो छ कारण

काठमाडौं: सत्तारुढ नेकपा एमालेनिकट प्रेस चौतारी नेपालका अध्यक्ष गणेश बस्नेतलाई खोज्दै प्रहरी टोली बागबजारको हार्दिक होटलमा छिरेको छ।

प्रेस चौतारीका अन्य पदाधिकारीसहित एउटा बैठकमा बसिरहेका बेला सादा पोशाकका प्रहरीको टोली बस्नेतलाई पक्राउ गर्न पुगेको थियो ।

Dengue

प्रेस चौतारीका उपाध्यक्ष गणेश पाण्डेले अनलाइनमा समाचार लेखेकै कारण बस्नेतलाई पक्राउ गर्न खोजिएको बताएका छन्।

‘समाचार लेखेकै कारण हाम्रो संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतलाई बागबजारमा अपराधी जसरी पक्राउ गर्ने प्रहरीको प्रयास निन्दनीय छ’, उक्त होटलमै रहेका पाण्डेले भने, ‘प्रहरीको टोली आएर जोरजबरजस्ती गर्न खोज्दा हामीले प्रतिकार गर्‍यौँ।’

समाचारको विषयमा चित्त नबुझेको भए कारबाही गर्ने निकाय प्रेस काउन्सिल रहेको बताउँदै पाण्डेले प्रहरीको टोली यसरी छापामार शैलीमा आउनुलाई आपत्तिजन भनेका छन् ।

बस्नेत सञ्चालक रहेको अनलाइनले गत साउन ३२ गते नेकपा एकीकृत समाजवादीकी एकजना नेतृलाई जोडेर एउटा समाचार प्रकाशित गरेको थियो ।

उक्त समाचारमा ती नेतृ नग्न अवस्थामा रहेका तस्बिर पनि छापिएका थिए । त्यसपछि ती नेतृले लिखित वक्तव्य नै निकालेर त्यसको खण्डन गरेकी थिइन् ।

उनले उक्त आपत्तिजनक भिडियोकी महिला आफू नभएको बताउँदै चरित्र हत्या गरिएकाले कानुनी उपचार खोज्ने उल्लेख गरेकी थिइन् ।

बस्नेतले उक्त समाचारमा प्रयोग गरिएको आपत्तिजनक तस्बिरलाई प्रेस काउन्सिलको निर्देशनअनुसार भन्दै हटाएका थिए । त्यसैगरी समाचारमा उल्लेखित नाम पनि उनले सम्पाद गरेर हटाएका थिए ।

‘प्रेस काउन्सिलको निर्देशनअनुसार तस्बिर हटाइएको छ।

आपत्तिजनक तस्बिर। प्रकाशन नगरेको भए पनि सरकारी नियामक निकायको निर्देशन पालना गर्नु मिडियाको कर्तब्य ठानेर तस्बिर हटाइएको जानकारी गराउन चाहन्छौँ’, उनले उक्त समाचारबारे भनेका भनेका थि ।

उक्त प्रकरणमा ती महिला नेतृले बस्नेत र उनी सञ्चालक रहेको अनलाइनविरुद्ध नेपाल प्रहरीको साइबर ब्यूरोमा उजुरी दिएकी थिइन्।

समाजवादीकी ती नेतृको उजुरीकै आधारमा साइबर ब्यूरोको टोलली बस्नेतलाई पक्राउ गर्न बागबजार पुगेको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार