काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला २ दिन अगाडि सरेको छ ।
बिहीबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गर्दै भेला भेन्युका कारण २ दिन अगाडि सरेको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जनाए।
केन्द्रीय समिति बैठकले ३ र ४ गते राष्ट्रिय भेला गर्ने निर्णय गरेको थियो ।
उनले महाधिवेशन २०८२ वैशाखमा गर्ने भएपनि मिति भने तोकिनसकिएको जानकारी दिए । असोजको १ र २ गते राष्ट्रिय भेला हुने भएको छ ।
प्रतिक्रिया दिनुहोस्