अत्तरियाको तरकारी हाट बजारमा अत्यधिक विषादी भएको गोलभेँडा भेटियो

कैलाली : कैलालीको अत्तरियामा अत्यधिक विषादी भएको गोलभेँडा भेटिएको छ । अत्तरियाको तरकारी हाट बजारमा रहेको विषादी अवशेष द्रुत विश्लेषण इकाईले मंगलबार गरेको परीक्षणमा रोल्पामा रहेको मिलन ट्रेड एन्ड सप्लायर्सबाट आयात गरिएको गोलभेँडामा विषादी भेटिएको हो ।

Seti Hospital

विषादी अवशेष द्रुत विश्लेषणका अनुसार उक्त गोलभेँडामा ४८ दशमलव ४७ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ ।

प्रयोगशालाका अनुसार ३५ प्रतिशत भन्दा कम अर्गानोफस्फोटको रोकावट दर भेटिएमा खान योग्य हुन्छ भने ३५ देखि ४४ प्रतिशत रोकावट दर भेटिए केही दिन पर्खिएर खान मिल्ने हुन सक्छ भने ४५ भन्दा मार्थी रोकावट दर भेटिए नष्ट गर्ने गरिएको छ ।

विषादी भेटिएको १ सय केजी गोलभेँडा पनि नष्ट गरिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

समबन्धित समाचार