नेपाल पुलिससँग कोशी प्रदेश ४ गोलले पराजित

काठमाडौँ : एन्फा महिला लिगअन्तर्गत आज भएको खेलमा विभागीय टोली नेपाल पुलिस क्लबले कोशी प्रदेशलाई पराजित गरेको छ । जितसँगै पुलिस क्लब लिगको शीर्ष स्थानमा उक्लिएको छ ।

ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा पुलिसले कोशी प्रदेशलाई ४–० गोलअन्तरले पराजित गरेको हो । शीर्ष स्थानमा उक्लिएको पुलिसले चार खेलबाट १० अङ्क जोडेको छ । प्रतियोगितामा पहिलो हार बेहोरेको कोशी नौ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।

पुलिसका लागि अनुष्का शेर्पा, निर्मला उपाध्याय, सम्झना लावती र अमृता जैशीले गोल गरे । पुलिसले खेलको २४औँ मिनेटमा अनुष्काको गोलमार्फत सुरुआती अग्रता लिएको थियो । खेलको ४६औँ मिनेटमा पुलिसकी निर्मलाले गोल गरिन ।

यस्तै खेलको ८०औँ मिनेटमा सम्झनाले गोल गर्दै पुलिसलाई ३–० को अवस्थामा पुर्याइन । त्यसपछी खेलको ८८औँ मिनेटमा अमृताले गोल गरेर पुलिसलाई ४–० गोलको जित दिलाइन ।

अखिल नेपाल फुटबल सङ्घ ९एन्फा०ले आयोजना गरेको उक्त प्रतियोगितामा १० टोलीको सहभागिता रहेको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार