कंचनपुरमा भाइरल ज्वरोका बिरामी बढ्दै

कंचनपुर : कंचनपुरमा केही सातायता भाइरल ज्वरो र टाइफाइडका बिरामी बढेका छन् । बढ्दो गर्मी र मौसम परिवर्तनसँगै संक्रमण बढेको हो ।

कंचनपुरको महाकाली प्रादेशिक अस्पताललगायत अन्य स्वास्थ्य संस्थामा रुघाखोकी र भाइरल ज्वरोका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

Dengue

केही सातायता पहिलेको तुलनामा अहिले बिरामी सङ्ख्यामा वृद्धि भएको महाकाली प्रादेशिक अस्पतालका सूचना अधिकारी शान्त प्रसाद जोशीले बताए । अस्पतालमा दैनिक १५-२० जना भाइरल ज्वरोका बिरामी आउने गरेको उनले बताए।

भाइरलबाट सबैभन्दा बढी बालबालिका र वृद्ध प्रभावित छन् । अस्पतालमा उपचारका लागि पुग्नेमध्ये अधिकांशमा भाइरल ज्वरो र टाइफाइडको सङ्क्रमण देखापरेको जोशीले बताए ।

भाईरल ज्वरो बिरामी समान्य रहेको र एक हप्ता पछि आफै ठिक हुने भएकाले बिरामीहरुलाई नआत्तिन चिकित्सकहरुले आग्रह गरेका छन् । एक्कासि ज्वरो बढ्ने र घट्ने , घाटी दुख्ने , हाछिउ आउने , कमजोर महसुस हुने ,नाक बाट पानी आउने , जिउ दुख्ने यो बिरामीको लक्षण रहेको छ ।

झोलिलो पदार्थ , मनतातो पानी र पोषीले खानेकुरा खान चिकित्सकहरुले सुझाव दिएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार