बैतडीमा जिप दुर्घटना : चालकसहित ५ जना घाइते

बैतडी : बैतडीमा जिप दुर्घटना  हुँदा चालकसहित ५ जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका-८ ढुंगाकोटमा बाचपानीबाट दोराका लागि छुटेको सु.प.प्र.०१००ज १३५४ नम्बरको जिप मंगलबार दुर्घटना भएकाे हाे ।

जिप दुर्घटना हुँदा चालक सुर्नया गाउँपालिका- ७ का लालबहादुर कुँवर, सुर्नया ८ का २१ बर्षीय कृष्ण मडै, सोही ठाउँका ४५ बर्षीय मानबहादुर महरा, ४० बर्षीय धनबहादुर महरा र १८ बर्षीया सविना महरा घाइते भएका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बलराम पाण्डेयले जानकारी दिए ।

Dengue

उनका अनुसार घाइते मध्ये सविनालाई थप उपचारका लागि धनगढी लगिएको छ भने अरु घाइते डडेल्धुरा अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् ।

कच्ची सडकमा दुर्घटना भएकाे जिप सडकबाट २० मिटर तल खसेको र घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार