देशभरका मोबाइल व्यवसायीले आफ्नो पसलबाट सामसुङका मोबाइल सेटहरू हटाए !

काठमाडाैँ । देशभरका मोबाइल व्यवसायीले आफ्नो पसलबाट सामसुङका मोबाइल सेटहरू हटाएका छन् । व्यवसायी र सामसुङ नेपालबीच केही दिन अगाडी सुदूरपश्चिममा भएको विवादलाई लिएर व्यवसायीहरूले सामसुङ मोबाइल बिक्रीमा रोक लगाएका हुन् । 

मंगलबार नेपाल मोबाइल व्यवसायी महासंघले भदौ २६ र २७ गते देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने निर्णय गरेको छ । सोही अनुसार व्यवसायीहरूले आफ्नो पसलबाट सामसुङका मोबाइल सेटहरू हटाएका छन् ।

Dengue

‘२६ गते बिहानेदेखि पहिलो दुई दिन (२६ र २७ भाद्र) देशभर सामसुङ नेपालका सम्पूर्ण ब्राण्डका मोबाइलका भिजिबिलिटी (मोबाइल डिस्प्ले) पसलबाट हटाउने र त्यस अवधिमा पनि कम्पनीमार्फत वार्ता र सहमतिको वातावरण नबनाइए थप दुई दिन (२८ र २९ भाद्र) कम्पनीका व्यवसायिक प्रतिनिधि (प्रमोटर) लाई फिर्ता पठाउने निर्णय भएको सरोकारवाला सबैलाई जानकारी गराइन्छ’, महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार