लागुऔषधसहित ३ युवक पक्राउ

धनगढी : कञ्चनपुरमा लागुऔषधसहित ३ युवक पक्राउ परेका छन् ।

मंगलबार इलाका प्रहरी कार्यालय गड्डाचौकीको गस्ति टोलीले भीमदत्त नगरपालिका ११ गड्डाचौकीको होल्डिङ सेन्टरबाट भीमदत्त ७ बस्ने २२ वर्षीय केशवराज भट्ट र २३ वर्षीय भरत जाग्रीलाई ५.०५ ग्राम लागुऔषध खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

Dengue

हिजो नै लागुऔषध नियन्त्रण व्युरो शाखा कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय दोधरा चाँदनीबाट खटिएको संयुक्त प्रहरी टोलीले दोधारा चाँदनी नगरपालिका १ पक्की पुल नजिकबाट भीमदत्त १२ बस्ने २२ वर्षीय आशिष जोशीलाई ०.२६ ग्राम लागुऔषध खैरो हिरोन जस्तो देखिने धुलो पदार्थसहित नियन्त्रणमा लिएको जनाएको छ ।

तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार