मामा घर आएकी थिईन् किशोरी, रमेश र सुरेशको गिद्देनजर पर्यो !

कञ्चनपुर । कञ्चनपुरमा एक किशोरी जबरजस्ती करणीको सिकार बनेकी छन्।

जिल्लाको कृष्णपुर नगरपालिका–४ की १७ वर्षीया किशोरी जबरजस्ती करणीको सिकार बनेकी हुन्। कृष्णपुर नगरपालिका–२ का दुई युवाले मादक पदार्थ सेवन गरेर जबरजस्ती करणीको प्रयास गरेको प्रहरीले बताएको छ। कृष्णपुर नगरपालिका–२ का २३ वर्षीय रमेश चौधरी र २७ वर्षीय सुरेश चौधरीका नाममा इलाका प्रहरी कार्यालय झलारीमा पीडित किशोरीकी आमाले उजुरी दिएको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले बताए।

SHIKHAR COOL TECH

भदौं २१ गते साँझ किशोरीमाथि जबरजस्ती करणीको प्रयास भएको उनले बताए। किशोरीलाई फोन गरेर काम छ भन्दै जंगलमा लगेर जबरजस्ती करणी गरेको आरोप पीडित पक्षको छ। अष्टमी मनाउन मामाघर आएकी किशोरीलाई जबरजस्ती करणी गर्न खोजेको भन्दै पीडित पक्षबाट निवेदन परेको प्रहरीले जनाएको छ। घटनामा संलग्न दुबै जनालाई इलाका प्रहरी कार्यालय झलारीले नियन्त्रणमा लिएर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार