धनगढीमा सांस्कृतिक महोत्सव हुने,संकलित रकमबाट बिरामीको उपचार

अनिता धामी

धनगढी । कैलालीको धनगढीमा सांस्कृतिक महोत्सव हुने भएको छ । असोज ३ गतेदेखि राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशको आयोजनामा महोत्सव हुन लागेको हो।

धनगढीमा आज पत्रकार सम्मेलन गर्दै राष्ट्रिय संगीतकर्मी सङ्घ सुदूरपश्चिमले असोज ३ गतेदेखि ८ गतेसम्म धनगढीको चकमेली बजार नजिक रहेको खुला मञ्च महोत्सव आयोजना गरिने जनाएको छ ।

Dengue

राष्ट्रिय संगीतकर्मी संघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष निलगगन सिंहले पत्रकार सम्मेलनमा बोल्दै महोत्सवमा ख्याति प्राप्त कलाकारकारको उल्लेख्य उपस्थिति रहने बताए ।

उक्त महोत्सवबाट संकलित रकमबाट राष्ट्रिय संगीत कर्मी संघका अध्यक्ष गोपाल सुचिकारका छोराको उपचारमा सहयोग गरिने जनाइएको छ । उहाँका छोराको लामो समयदेखि शारीरिक समस्या रहेको र उपचारका क्रममा आर्थिक समस्या देखिएका कारण उक्त रकम उपचार सहयोगमा गरिने पनि बताइएको छ।

महोत्सवमा प्रवेशका लागि १०० टिकट मूल्य तोकिएको छ भने विद्यार्थीहरू र फरक क्षमता भएका व्यक्तिहरूका लागि ५० रुपैयाँ लाग्ने आयोजकले जनाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार