७० हजार उडान भरेर बिदा भयो बुद्धको एटीआर

काठमाडौं : निजी क्षेत्रको अग्रणी बुध्द एयरले एउटा जहाजलाई व्यवसायिक उडानबाट बिदाइ गरेको छ। एटीआर–४२ जहाजलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुसार व्यवसायिक उडानबाट बिदाइ गरिएको हो ।

नेपाली आकाशमा १६ वर्षदेखि उडान भर्दै आएको बुद्ध एयरको एटीआर–४२ विमानले सोमबार ७० हजार उडान भरेर बिदा भएको हो । जहाजको उमेर उसको उडान अवतरण संख्याले निर्धारण गर्छ ।

Dengue

तसर्थ जहाजको उमेर अवधि साता, दिन, वर्षको आधारमा हुँदैन। हरेक उडान अवतरणको निश्चित संख्यापछि मर्मत सम्भार तथा पार्टपूर्जा फेर्नै पर्ने हुन्छ । विमान निर्माता कम्पनीले तोकेको साइकलभन्दा १ अतिरिक्त उडान पनि भर्न नपाइने बुद्ध एयरका टेक्निकल निर्देशक मङेस थापाले बताए। त्यसपछि जहाजलाई बिदाइ गर्नैपर्ने उनले बताए ।

बुध्द एयरले सन् २००८ मा आईएफसीको ऋण सहयोगमा दुई एटीआर–४२–३२० ल्याएको थियो । १६ वर्षयता बुध्द एयरले १९ वटा एटीआर जहाज भित्र्याइसकेको छ ।

मंगलबार नेपाली रजिष्ट्रेशन नाइन एन एआईएन तथा जहाज म्यानुफ्याक्चरिङ सिरियल नम्बर एमएसएन-४०३ ले व्यवसायिक उडानमार्फत ७० हजार उडान पूरा गरेको थियो । १६ वर्ष ३ दिन लामो उडानका क्रममा यो एटीआरले १८ लाखभन्दा बढी यात्रु ओसारेको थियो ।

बिदाइ कार्यक्रममा ‘एटीआर विमानको मर्मतसम्भार र उडान सञ्चालनमा बुद्ध एयरको टेक्निकल तथा अपरेसन टीम विकसित राष्ट्रको जस्तै अब्बल रहेको’ बुध्द एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेतले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार