सडक सफा गर्न र बिरुवालाई पानी हाल्न धनगढीले ल्यायो ‘रोड वासर’ मेसिन

धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ‘रोड वासर’ मेसिन सञ्चालनमा ल्याएको छ । उपमहानगरपालिकाले रोड वासरको पानी ट्यांकीबाट निस्कने पानीको फोहोराले सडकको धुलो पखाल्ने, सडकको किनारामा रोपिएको बिरुवामा पानी हाल्ने र हिउँदमा धुलोले ढाकिएको बिरुवा पखाल्ने काम गर्ने बताएको छ ।

धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि रोड वासर मेसिन खरिद गरेको धनगढी उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरपालिकाका अनुसार रोड वासर मेसिनको आगलागीको बेला आगो निभाउन र महामारीका बेला औषधि छर्किन पनि प्रयोग हुनेछ । धनगढी उपमहानगरपालिकाले ६९ लाखरमा रोड वासर मेसिन खरिद सञ्चालनमा ल्याएको हो ।

Dengue

धनगढीका नगर प्रमुख गोपाल हमालले रोड वास मेसिनले सडकको धुलो पखाल्ने, बिरुवामा पानी हाल्ने र धुलाम्य भएको बिरुवामा पानी हाल्ने काम गर्ने बताए । उनले धनगढीलाई सफा बनाउन र हरियाली प्रवर्द्धनका लागि ‘रोड वासर’ मेसिन खरिद गरेको जानकारी दिए ।

उनले भने, ‘हाम्रो धनगढी, सफा धनगढी अभियानअन्र्तगत धनगढीलाई सफा र सुन्दर बनाउँदै हरियाली प्रवर्द्धन गर्न रोड वासर मेसिन ल्याएका हौं । रोड वासर मेसिनले बिरुवामा पानी हाल्न र सडक पखाल्न सहयोग पुग्ने छ ।’

धुलाम्मे सडक सफा गर्न र बिरुवालाई पानी हाल्न ल्याएको रोड वासर मेसिनको सोमबार उपमहानगरपालिका परिसरमा एक कार्यक्रमको आयोजना गरी धनगढी उप प्रमुख कन्दकला रानाले सिटी बजाउँदै हरियो झण्डा देखाएर उद्घाटन गरेकी छन ।

रोड वासर मेसिनको औपचारिकरुपमा उद्घाटनसँगै अब आवश्यकताअनुसार समय तालिका बनाएर प्रयोग गरिने धनगढी उपमहानगरपालिकाका वातावरण अधिकृत अशोक अवस्थीले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार