पहिरोले अवरुद्ध पृथ्वीराजमार्ग खुल्यो

भक्तराज जोशी

काठमाडौं : सोमबार साँझ अवरुद्ध भएको पृथ्वीरामार्गको धादिङ खण्ड मध्यरातदेखि खुलेको छ। धादिङको धुनिबेसी नगरपालिका–९ मा भारी वर्षापछि झरेको लेदोसहितको पहिरोले राजमार्ग साँझ ६ बजेदेखि राति १ बजेसम्म अवरुद्ध भएको थियो।

प्रहरी प्रभाग नागढुंगाका प्रमुख प्रहरी निरीक्षक हेमकुमार थपलियाका अनुसार राति साढे ११ बजे एकतर्फी र साढे १ बजे दुईतर्फी बाटो खुला भएको हो।

Dengue

भारी वर्षापछि आएको लेदोसहितको पहिरोले राजमार्ग छोपिँदा केही सवारी साधनमा सामान्य क्षति हुनुबाहेक अन्य कुनै ठुलो दुर्घटना नभएको थपलियाले जानकारी दिएका छन्।

केही घण्टा सडक अवरुद्ध हुँदा राजधानी भित्रने र बाहिरिने सयौं सवारीसाधन रोकिएका थिए। मध्यरातमा सडक खुलेसँगै अहिले सवारी आवतजावत सामान्य भएको थपलियाको भनाइ छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार