निजी सवारीसाधनले यात्रु ओर्सादा सार्वजनिक यातायातका व्यवसायीहरु सङ्कटमा

धनगढी : सुदूरपश्चिममा निजी सवारीसाधनले यात्रु ओर्सादा सार्वजनिक यातायातका व्यवसायीहरु सङ्कटमा परेका छन्। कैलाली–कञ्चनपुरसहित सात पहाडी जिल्लामा निजी गाडीहरुले यात्रु बोक्दै आएका हुन्। रातो नम्बर प्लेटका गाडीहरुले महेन्द्र राजमार्ग, भीमदत्त राजमार्गसहित भित्रि सडकहरुमा यात्रु बोक्दै आएका छन्।

कैलालीको चिसापानी–कुइने सडक, बौनिया–तल्ला पानी सडक, सुखड–ठुलीगाड सडक, चौमाला–खैराला सडक, स्याउले–हाटखोली लगायत रोडको प्रमिट नभएका क्षेत्रहरुमा निजी गाडी सञ्चालन हुँदै आएका थिए। तर, पछिल्ला दिनहरुमा डोर प्रमिट पाएका सहजपुर–विपिनगर सडक, बुडर–जोगबुढा सडक, बुडर–जोरायल लगायत सडकहरुमा समेत ऐनविपरीत निजी गाडीहरुले यात्रु बोक्दै आएका छन्।

Dengue

ऐनविपरीत निजी गाडीहरुले यात्रु बोक्दा पनि ट्राफिक प्रहरी, स्थानीय प्रशासन र सुदूरपश्चिम प्रदेश सरकारले नियमन नगरेको गुनासो यातायात व्यवसायीहरुको छ। सार्वजनिक यातायात व्यवसायी रामचन्द्र गिरीले प्रालिहरु सङ्कटमा परेको बताए। उनले भने, ‘म बाजुरा संयुक्त व्यवसायीको संयोजक हो। गाडीको सङ्ख्या धेरै छन्। हामीहरुले मर्ज गरेका छौ। हामी सङ्कटमा छौ। रातो नम्बरका गाडीहरुले यात्रु बोक्दैछन। रिजबमा लिन पाउने हो।

तर, उहाँहरुले बसपार्कबाट यात्रु लिदै आएका छन्। एक जना यात्रु पनि उहाँहरु लिनुहुन्छ। ट्राफिक र प्रहरीको मिलोमतोमा हुँदैछ।’ कैलाली–कञ्चनपुरसहित सुदूरपश्चिम प्रदेशका सात पहाडी जिल्लामा सञ्चालनमा हुने सार्वजनिक यातायातहरुले सवारी नपाउने समस्या छ। प्रदेशका अधिकांश सडकमा निजी गाडीहरुले यात्रु बोक्ने गरेकाले सार्वजनिक यातायातका सञ्चालकहरु समस्यामा छन्। धनगढीबाट डडेल्धुरा र बैतडीसम्म पनि विद्युतीय सवारीले यात्रु बोक्न थालेपछि उनीहरुले यात्रु नपाउने समस्या झन बढेको हो।

मालिका यातायात प्रालिका कोषाध्यक्ष देवेन्द्र शाहले घर–जग्गा बैँकमा राखेर ऋण मार्फत सार्वजनिक यातायात सञ्चालन गरेका व्यवसायीहरु आर्थिक सङ्कटमा परेको बताए। उनले भने, ‘रातो नम्बर प्लेटका गाडीहरु निजी प्रयोजनका लागि हो। कालो प्लेटको कर पनि धेरै हुन्छ। यातायातमा दर्ता गरेर सरकारले यात्रु बोक्न भनेको छ। तर, नेपाल सरकारको कानुन कार्यान्वयन भएको छैन। कानुन कागजमा मात्र सिमित भएको छ।’ राजमार्गहरुमा हुने ट्राफिक प्रहरी र नेपाल प्रहरीले उनीहरुलाई रोक्नुपर्ने माग सार्वजनिक यातायात व्यवसायीहरुको छ।

सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदमबहादुर सापकोटाले पहाडी क्षेत्रमा निजी गाडीहरु बढी सञ्चालनमा रहेको बताए। उनले भने, ‘निजी प्रयोजनका लागि दर्ता भएका गाडीहरुले यात्रु बोक्दैछन। पिकप गाडीहरु हुन्।

उहाँहरुले तीन जना बोक्न पाउने हो। तर, २० जनासम्म यात्रु बोक्दै आउनुभएको छ। हामीले सिडीओ पास, ट्राफिक प्रहरी र मुख्यमन्त्रीलाई समेत जानकारी गराएका छौ। तर, मनोमानी भाडा असुल गर्दा पनि नियमन भएको छैन।’ धनगढी बसपार्क, अत्तरिया बसर्पाक, सुखड, बौनिया, लम्की क्षेत्रबाट निजी गाडीका सञ्चालकहरुले यात्रु बोक्दै आएको उनले बताए। सुदूरपश्चिमका यातायात व्यवसायीहरु आन्दोलनमा रहेका सापकोटाले बताएका छन्। सुदूरपश्चिम प्रदेशको यातायात बन्द गर्ने चेतावनी यातायात व्यवसायीहरुको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार