बैतडीमा वडाले जग्गा बाँझो राख्न नदिने

धनगढी : बैतडीको मेलौली नगरपालिका–९, मा गाउँमा खाद्य सङ्कट निम्तिन थालेपछि वडा कार्यालयले पर्यावरणीय सन्तुलन कायम गरेर जीविकोपार्जन गर्न सामुदायिक नीति, २०८१ जारी गरेर बाँझो जग्गा उपयोग गर्ने कार्यक्रम घोषणा गरेको छ ।

मेलौली नगरपालिका–९, विशालपुरले वडामा खाद्य सङ्कट निम्तिएपछि सामुदायिक नीति घोषणा गरेर बाँझो जग्गा उपयोग गर्ने, जलवायु अनुकूलन खेती गर्न रैथाने मूल बिउ जोगाउने, खानेपानीका मुहानमा सिमेन्टको प्रयोग नगर्ने, पर्यावरण जोगाउन रिचार्ज पोखरी निर्माण, पशुपालनका लागि घाँस खेती गर्ने र वातावरण जोगाउन पाँच हजार वृक्षरोपण गर्ने नीति सार्वजनिक गरेको छ ।

Dengue

केही वर्षअघि विशालपुर गाउँका ३५६ परिवारले कोदो खेती गर्दै आएकामा अहिले जम्मा ६० परिवारले मात्रै कोदो खेती गरेका छन् । गाउँमा सडक पुगेपछि बाहिरबाट खाद्यान्न आउन थालेको छ । घरपरिवारका लागि खाद्यान्न किन्न युवा विदेशमा रोजगारी खोज्न हिँडेका छन् । पानीका मुहान सुक्न थालेका छन् । लामो खडेरी पर्दा अधिकांश जग्गा बाँझो छ ।

तथ्याङ्क अनुसार विशालपुरका ४२९ घरपरिवारमध्ये ७३ परिवार बसाइँसराइ गरेर तराई झरेका छन् । बाँकी रहेका ३५६ परिवारलाई वर्षभरि दुई लाख १० हजार ५४५ किलो खाद्यान्न आवश्यक पर्ने गरेकोमा वडाका ४२ गाउँटोलमा वार्षिक ४६ हजार किलो मात्रै खाद्यान्न उत्पादन हुने गरेको छ । एक लाख ६४ हजार ४६४ किलो खाद्यान्न किनेर खानुपर्ने अवस्था छ ।

गाउँमा खाद्य सङ्कट, खडेरी, बेरोजगारी र बसाइँसराइको दर बढ्न थालेपछि समुदाय र वडा कार्यालयको साझेदारीमा सामुदायिक नीति घोषणा गरिएको मेलौली नगरपालिका–९ का वडाध्यक्ष लोकराज भट्टले बताए । मेलौली नगरपालिकाका नगरप्रमुख भीमबहादुर चन्दले वडामै पुगेर ‘पर्यावरणीय सन्तुलन तथा जीविकोपार्जनसम्बन्धी सामुदायिक नीति, २०८१’ घोषणा गरे । भदौ ११ गते वडा कार्यालयबाट अनुमोदन भएको सामुदायिक नीति नगरप्रमुख चन्दले १८ गते वडामै पुगेर सार्वजनिक गेरेका हुन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार