नेपाल टेलिकमको नेटवर्कमा पनि चल्न थाल्यो  टिकटक

काठमाडौं : नेपाल टेलिकमको नेटवर्कमा टिकटक चलाउन पाउने सुविधा पुनः सुरु भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले जारी गरेको सार्वजनिक सूचनाको आधारमा टेलिकमले टिकटकको प्रयोगमा लगाइएको रोक हटाएको हो ।

२०८० कात्तिक २७ गते सामाजिक सद्भाव र वातावरणमा नकारात्मक असर परेको भन्दै टिकटकमा लगाइएको प्रतिबन्धलाई सरकारले मन्त्रिपरिषद्को २०८१ भदौ ६ गतेको निर्णयअनुसार हटाएको छ । अब टेलिकमका ग्राहकहरूले सजिलैसँग टिकटक प्रयोग गर्न सक्नेछन् ।

Dengue

टिकटक प्रतिबन्ध हटेपछि टेलिकमले आफ्ना सेवाग्राहीलाई सहज रूपमा सामाजिक सञ्जालको उपयोग गर्न सक्ने वातावरण बनेको जनाएको छ । अर्को मोबाइल सेवाप्रदायक एनसेलले पनि शुक्रवारदेखि नै आफ्नो नेटवर्कमा टिकटकको पहुँच खुलाएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार