बझाङको अवरुद्ध जयपृथ्वी राजमार्ग सुचारु

बझाङ : पहिरो खसेर अवरुद्ध भएको बझाङको जयपृथ्वी राजमार्ग सुचारु भएको छ ।

छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग दुई दिनपछि सुचारु भएको हो । ठुलो पहिरोका कारण राजमार्ग खुलाउन समय लागेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डीएसपी युवराज भण्डारीले बताए ।

Dengue

उनले बिहीबार निरन्तर ढुंगामुढा झरिरहेकाले पहिरो पन्छाउन नसकिएको बताए । शुक्रबार बिहानैबाट डोजरको सहायताले पहिरो पन्छाएर यातायातका साधन चल्न सुरु भइसकेको उनले बताए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार