विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु

नैरोबी : केन्याको एक विद्यालयमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको छ । बिहीबार राति न्येरी काउन्टीस्थित हिलसाइड एन्डराशा प्राइमरीमा आगलागी हुँदा १७ विद्यार्थीको मृत्यु भएको स्थानीय प्रहरीले पुष्टि गरेको छ ।

आगलागीमा परेर मृत्यु हुने विद्यार्थीको संख्या बढ्न सक्ने आशंका गरिएको छ । आगोले पोलिएर गम्भीर घाइते भएका कयौं विद्यार्थीलाई अस्पतालमा भर्ना गरिएको छ ।

Dengue

आगलागी भएको विद्यालय निजी बोर्डिङ हो । जहाँ ६ देखि १४ वर्षसम्मका बालबालिकाहरु अध्ययन गर्दै आएका थिए । समाचार एजेन्सी एएफपीका अनुसार उक्त विद्यालयमा झण्डै ८ सय बालबालिकाहरु अध्ययनरत थिए ।

केन्याको राष्ट्रपति विलियम्स रूटोले घटनालाई भयानक र विनाशकारी भन्दै छानबिनको आदेश दिइसकेका छन् । उनले घटनामा जिम्मेवार व्यक्तिलाई कडा कारबाही गरिने पनि बताएका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार