चिलीमाथि अर्जेन्टिनाको शानदार जित

काठमाडौं : अर्जेन्टिनाले विश्वकप छनोटमा चिलीमाथि सहज जित हासिल गरेको छ।

एन्टोनियो भेस्पुसियो लिबर्टी शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना ३–० ले विजयी भएको हो। जितसँगै शीर्ष स्थानमा रहेको अर्जेन्टिनाले सात खेलबाट १८ अंक जोडेको छ। समान खेल खेलेको चिली पाँच अंकसहित नवौं स्थानमा छ।

SHIKHAR COOL TECH

अर्जेन्टिनाको जितमा म्याक एलिस्टर, जुलियन अल्भारेज र पाउलो डिबालाले गोल गरे। पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। तर, दोस्रो हाफ सुरु भएको तेस्रो मिनेटमै अल्भारेजको पासमा एलिस्टरले गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए।

निर्धारित खेल सकिन ६ मिनेट बाँकी रहँदा अल्भारेजले नै अग्रता दोब्बर बनाए। इन्जुरी समयको पहिलो मिनेटमा अलेजान्ड्रो गार्नाचोले मिलाइदिएको बललाई डिबालाले गोलमा परिणत गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार