जापानी इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु

धनगढी : कैलालीमा जापानी इन्सेफलाइटिसको संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । लामखुट्टेको टोकाइबाट लाग्ने यो रोगबाट  घोडाघोडी नगरपालिकामा दुई जनाको मृत्यु भएको हो । 

स्वास्थ्य कार्यालय कैलालीले घोडाघोडी नगरपालिकाका ९ वर्षीय बालक र ६० वर्षीय पुरूषको जापानी इन्सेफलाइटिसको संक्रमणबाट मृत्यु भएको बताएको छ ।

Dengue

यस्तै, जापानी इन्सेफलाइटिसको संक्रमण जिल्लाको गौरीगङ्गा, घोडाघोडी र धनगढी उपमहानगरपालिकामा थप चार जनामा देखिएको  स्वास्थ्य कार्यालय कैलालीका निमित्त प्रमुख गौरी जोशीले जनकारी दिए ।

उनले गौरीगङ्गामा ६ वर्षीय बालक र ६५ वर्षीय पुरुष, गोदावरीमा १ जना एक ४६ वर्षीय महिला र धनगढीमा ५ महिनाको बालकमा संक्रमण पुष्टि भएको बताइन् । संक्रमितको उपचार विभिन्न अस्पतालमा भइरहेको निमित्त प्रमुख जोशीले बताइन् ।

पोथी जातको क्युलेक्स प्रजातिको लामखुट्टेको टोकाइबाट जापनिज इन्सेफलाइटिस रोग सर्छ । यो रोग लामखुट्टेले सुँगुर, बुँगुर र हाँस आदिलाई टोकेर मानिसलाई सार्छ । तर संक्रमित मानिसबाट मानिसमा भने सर्दैन ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार