मेलौलीबाट १६ सय केजी भन्सार छलीको चिनीसहित कलौनी पक्राउ

बैतडी : बैतडीबाट १६ सय केजी भन्सार छलीको चिनीसहित दामोदर कलौनी पक्राउ परेका छन्।

जिल्लाको मेलौली नगरपालिका–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका १ लाख ४४ हजार मूल्य बराबरको १६ सय केजी (३२ बोरा प्रति बोरा ५० केजीका दरले) चिनीसहित पञ्चेश्वर गाउँपालिका–३ बस्ने ४८ वर्षीय दामोदर कलौनी बिहीवार पक्राउ परेका हुन्।

Galaxy

कलौनीले चलाएको सुदूरपश्चिम प्रदेश ०१–००१ ख ३५१० नम्बरको ट्रकलाई इलाका प्रहरी कार्यालय तस्वदेही, बैतडीबाट खटिएको प्रहरी गस्ती टोलीले चेकजाँच गर्दा उक्त चिनी फेला पारी पक्राउ गरेको जनाएको छ। उक्त ट्रक, चिनी र ट्रक चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइर हेको प्रहरीले जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार