स्याउ बोकेको गाडी दुर्घटना

हेटौँडा : हेटौँडा–काठमाडौँ जोड्ने फाखेल मातातीर्थ सडक खण्डको मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –५ मकैबारीमा शुक्रवार पिकअप गाडी दुर्घटना भएको छ । 

हेटौँडाबाट स्याउ लिइ काठमाडौँ जाँदैगरेको ना ३ च ६२४५ नम्बरको पिकअप गाडी उकालोमा चढ्न नसकी ब्याक हुँदा दुर्घटना भएको हो । गाडी सडकबाट अन्दाजी २०० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । 

Dengue

दुर्घटनामा पिकअप गाडी चालक पर्सा वीरगन्ज महानगरपालिका –१६ इनवा बस्ने २७ बर्षिय लक्ष्मीप्रसाद यादव गाडीबाट हामफाल्दा सामान्य घाइते भएका छन् । सहचालक ३० बर्षिया  रमेश पटेल गाडी ओट लगाउदै गर्दा साईड लागी सकुशल रहेका छन् । 

घाइतेलाई स्थानीय क्लिनिकमा उपचारका लागि पठाइएको र गाडी घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार