सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँले बढ्यो !

काठमाडौँ : नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ३०० रुपैयाँ बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५२ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ शुक्रबार बढेर तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको हो । 

Dengue

यस्तै छापावाल सुन तोलामा १ लाख ३१ हजार ४३० रुपैयाँ कायम भएको छ । यसैबीच शुक्रबार चाँदीको मूल्य पनि बढेको छ ।

बिहीबार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य शुक्रबार बढेर तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।  

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार