तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण गरेको छ : प्रदेश प्रमुख मियाँ

कैलाली : सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजले मौलिक संस्कृति र परम्पराको संरक्षण, संवर्द्धन र विकासमा टेवा पुर्‍याइरहेको बताएका छन् ।

हरितालिका तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नारीहरूमा शुभकामना सन्देश व्यक्त गर्दै उनले सुख शान्ति, समृद्धि र सु-स्वास्थ्य एवम् दीर्घायु तथा अटल सौभाग्यको पनि कामना गरेका छन् । तीजले एकता र सामाजिक सद्भाव बढाइरहेको प्रदेश प्रमुखको भनाइ छ ।

Dengue

‘धार्मिक एवम् सांस्कृतिक महत्त्व बोकेको हरितालिका तिज पर्वले मौलिक संस्कृति र परम्पराको संरक्षण संवर्द्धन र विकासमा टेवा पुराउनुको साथै समाजमा भ्रातृत्व ,सदाचार , एकता र सामाजिक सद्भाव कायम गर्न महत्त्वपूर्ण योगदान पुराएको छ भन्ने मैले विश्वास लिएको छु’ प्रदेश प्रमुख मियाँले जारी गरेको शुभकामना सन्देशमा उल्लेख गरिएको छ ।

देशका हरेक क्षेत्रमा महिलाहरूको समान पहुँचलाई अझ सशक्त रूपमा अघि बढाउँदै सामाजिक, सांस्कृतिक, एकता तथा पारिवारिक प्रेम, सद्भाव र आत्मीयता अभिवृद्धि गर्दै जाने समेत प्रदेश प्रमुख मियाँले विश्वास व्यक्त गरेका छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार