धनगढीमा खानेपानीको धारामा धमिलो पानी, शुद्ध पानी नपाउँदा स्थानीय मर्कामा

भक्तराज जोशी

धनगढी । धनगढीमा पछिल्लो समय शुद्ध खानेपानीकै धारामा धमिलो पानी आउन थालेको छ । धनगढी उपमहानगरपालिका वडा नम्बर ३ विशालनगर क्षेत्रमा शुद्ध खानेपानीको धारामा धमिलो पानी आएको हो ।

धारामै फोहोर र धमिलो पानी आएपछि नागरिहरु नेपाल खानेपानी संस्थानप्रति आक्रोशित बनेका छन् । पैसा तिरेर खानेपानी धारा जडान गर्दा पनि सफा पानी आउनुको सट्टा उल्टै फोहोर पानी आएपछि नागरिकहरु आक्रोशित बनेका हुन् ।

Dengue

तर नेपाल खानेपानी संस्थान धनगढीका सहायक लेखा अधिकृत पंकज दासले भने धनगढीमा शुद्ध खानेपानीको समस्या नभएको दाबी गरेका छन् । उनले खानेपानी संस्थान मातहतमा रहेका धनगढीका सबै ठाउँमा शुद्ध खानेपानी नियमित रुपमा पुर्याएको बताएका छन् ।

लेखा अधिकृत दासका अनुसार नेपाल खानेपानी संस्थान अन्तर्गत हसनपुर, जयमटीयारी, बोराडाँडी, फाप्ला, बंगराकटान, जुगेडा, नयाँ बजार कार्यालय, कम्पाउण्ड, शान्तिनगर, तिल्केताल, कैलाली गाउँ, वडा नम्बर १३ धुरजन्ना र वडा नम्बर १७ मा परीक्षण गरिएको शुद्ध खानेपानी वितरण गरिँदै आएको छ ।

तर वर्षायाममा कहिलेकाहिँ खानेपानीको पाइप टुटफुट हुँदा समस्या देखिन्छ । यद्यपि टुटफुट भएका खानेपानीका पाइप मर्मत गर्न दिनभरी नै कर्मचारी परिचालन गरिने गरेको दासले बताएका छन् ।

मानव जीवन मात्र होइन यो संसारमा जीवन रहनका लागि पानी निकै महत्वपूर्ण छ । तर, सरकारले भनेझैँ स्वच्छ र सुरक्षित पानी उपभोक्ताले पिउन पाएका छैनन् । अशुद्ध पानीकै कारण बर्सेनि धेरै मान्छे पानीजन्य रोगको सिकार हुन पुग्छन् । कतिले त ज्यानैसम्म पनि गुमाउने गरेका छन् । स्वच्छ खानेपानी नागरिकको नैसर्गिक अधिकार हो, त्यसैले शुद्ध खानेपानीको व्यस्थापन गर्न सरकार तत्पर बनोस् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार