बझाङमा दरका नाममा स्कुलमै दारु पार्टी

भक्तराज जोशी

बझाङ । बझाङमा दरका नाममा स्कुलमै दारु पार्टी गरिएको पाइएको छ । जिल्लाको सुर्मा गाउँपालिका–२ घोगाडास्थित इश्वर माध्यामिक विद्यालयमा शिक्षक र विद्यार्थी मिलेर दारु पार्टी गरेको पाइएको हो ।

उनीहरुले तीज विशेष कार्यक्रम भन्दै विद्यालयमै दारु पार्टी गरेको स्थानीयले बताएका छन् । स्थानीयका अनुसार तीजको दरका नाममा विद्यालयमा गरिएको दारु पार्टीमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, विद्यालयका प्रधानाध्यापक, शिक्षक र केही विद्यार्थीहरु सहभागी भएका थिए ।

Dengue

‘तीजमा दर खाने र तीज विशेष कार्यक्रम गर्नु ठिकै हो तर यहाँ त दारु पार्टी गरेका छन्’, एक स्थानीयले भने, ‘विद्यालयमा पढाउन छोडेर शिक्षक, विद्यार्थी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मिलेर दारु खाएका छन्, त्यो पनि विद्यालय भित्रै बसेर ।’

यता इश्वर माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जीवन बोहोराले पनि विद्यालयमा दारु पार्टी गरेको स्वीकारेका छन् । कल २४ न्युजसँग कुराकानी गर्दै बोहोराले तीज विशेष कार्यक्रममा दर खुवाउने कार्यक्रम राखेर शिक्षक साथीहरुबीच दारु पार्टी गरेको स्वीकारेका हुन् । तर उनले दारु पार्टी गर्ने आफ्नो योजना नभएको बताएका छन् ।

दारु पार्टी गर्ने सम्पूर्ण योजना विद्यालयका शिक्षकहरुले मिलाइसकेको र आफूलाई आमन्त्रण मात्रै गरेको बताउँदै बोहोराले विद्यालयमै दारु पार्टी गर्न नहुने भन्दै आफ्नो गल्ती स्वीकारेका छन् ।

यद्यपि उनले उक्त दर पार्टीमा आफूले भने सफ््ट ड्रिंक्स मात्रै खाएको र विद्यालयका प्रअसहित ६ जना शिक्षकले बियर खाएको बताएका छन् ।

यता स्थानीयहरुले भने विद्यालयजस्तो पवित्र ठाउँमा विद्यार्थीकै अगाडी दरका नाममा दारु पार्टी गरेर शिक्षकहरुले शैक्षिक संस्थाको बेइज्जत गरेको भन्दै त्यस्तो गर्ने शिक्षकहरुलाई कारबाही गर्न माग गरेकाल छन् ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार