एन्फा महिला लिगमा कोशी प्रदेशको दोस्रो जित

काठमाडौँ : कोशी प्रदेशले एन्फा महिला लिगमा लगातार दोस्रो जित निकालेको छ । ललितपुरको सातदोबाटोस्थित एन्फा  मैदानमा बिहीबार भएको खेलमा कोशीले बागमती यूथ क्लबलाई २–१ गोलले हरायो । 

जितसँगै ६ अङ्क बनाएको कोशी शीर्षस्थानमा उक्लिएको छ । पहिलो खेपेको बागमतीको समान खेलबाट तीन अङ्क छ । कोशीको जितमा समीक्षा मगरले २९औँ मिनेटमा गोल गर्नुभयो ।

Dengue

कोशीले अर्को गोल ५५औँ मिनेटमा बागमतीकी कप्तान दिव्या यस्मालीमगरबाट आत्मघाती उपहार पाएको थियो । खेलमा सुरुवाती अग्रता भने बागमतीले लिएको थियो । बागमतीका लागि २६औँ मिनेटमा विष्णुमाया बलले गर्नुभएको हेडगोल सान्त्वना बन्यो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार