पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना बुनेकी डम्मराका गरिखाने दुवै हात काटिएपछि…

धनगढी : पतिपत्नी मिलेर सुन्दर जीवन जिउने सपना बुनेकी धनगढी उपमहानगरपालिका–१३, श्रीलङ्काकी २५ वर्षीय डम्मरा शाहका दुवै हात काटिएपछि घर चलाउन सकस भएको छ । आर्थिक अवस्था कमजोर भएकाले घरखर्च चलाउन पतिलाई भारतको मुम्बई पठाएर आफू गोदावरीको गेटास्थित सुरत गुड मिलमा काम गर्न थालेकी उनकाे दुबैहात मिलमा पिसिएपछि यस्ताे भएकाे हाे । 

मिलमा उखुका आँख्ला पेल्दापेल्दै मेसिनले उनले लगाएको कुर्ता च्याप्यो । कुर्ता तान्दै गर्दा उनका दुवै हात मेसिनभित्र छिरे । उखु पेल्ने मेसिनले कुहिना तलका दुवै हात पेलिएपछि डम्मरा बेहोस भइन् । मिलमा काम गर्ने कर्मचारीले उद्धार गरेर उनलाई धनगढीस्थित सेती अस्पताल पुर्‍याए पनि अस्पतालले काठमाडौँ प्रेषण गर्‍यो । 

Dengue

काठमाडौँस्थित कीर्तिपुर अस्पतालमा पेलिएका दुवै हात काटेर उपचार गरियो । घटनाको एक/डेढ वर्ष उपचारपछि धनगढी फर्केकी डम्मरालाई अब जिन्दगी कसरी गुजार्ने भन्ने चिन्ताले पिरोल्न थालेको छ । काम गरेर खुसीसाथ जिन्दगी बिताउने सपना सपनामै बिलाएको बताउँदै उनले भनिन्, “हात गुमेपछि जिन्दगी नै गुमेको महसुस भएको छ ।” 

मनभरिको भारी बिसाएझैँ उनकै छेउमा रहेका पति धनबहादुर शाहले थपे, “दुवै हात नभएकी पत्नीलाई छोडेर कतै कमाउन जाउँभन्दा पनि जान सकिरहेको छैन, अब के गरी गुजारा गर्ने होला ?” उपचारका लागि मिलले सहयोग गरे पनि अब गुजारा चलाउनका लागि केही सिप या रोजगारीको व्यवस्था सरकारले मिलाइदिनुपर्ने बताउँदै उनले भने, “दुवै हात गुमेकी पत्नीले केही गर्न सक्दिनन्, अब उनकै नजिक रहेर कुनै इलम गर्ने मौका कसैले दिएमा गुजारा चलाउँथेँ ।”

उता मिल सञ्चालक सुरत खड्काले अब आफूहरूले केही गर्न नसक्ने बताए । उनले भने, “उपचारका लागि लागेको सबै पैसा तिरेँ, अब म पनि केही गर्न सक्ने अवस्थामा छैन ।”

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार