गृहमन्त्री लेखकद्वारा नमुना प्रहरी पेट्रोल पम्म उदघाटन, २४ सैं घण्टा खुला रहने

कैलाली : गृहमन्त्री रमेश लेखले प्रहरी प्रदेश कार्यालय परिसरमा नवनिर्मित नमुना पेट्रोल पम्पको उदघाटन गरेका छन ।

डिजेल ४० हजार र पेट्रोल ४० हजार गरि ८० हजार लिटर क्षमता रहेको उक्त नमुना पेट्रोल पम्प प्रहरी कल्याण कोषको लगानी निर्माण भएको हो ।

Dengue

मंगलबार प्रहरी प्रमुख आइजीपी वसन्त बहादुर कुंवर संगै गृह जिल्ला कंचनपुर पुगेका गृहमन्त्री लेखकले विभिन्न प्रहरी युनिटहरुको उदघाटन गरेसंगै आज नमुना पेट्रोल पम्पको उदघाटन गरेका हुन ।

नेपाल सरकार गृह मन्त्रालय नेपाल प्रहरी प्रधान कार्यालय प्रशासन बिभाग अन्तर्गत कल्याण महाशाखाद्वारा निर्माण गरिएको नमुना पेट्रोल पम्पको एन. सी. / देउती बजई जेभी निमार्ण कम्पनीले ५३ करोड १६ लाख ५० हजारको लागतमा २०७९ कार्तिक २ गते सम्झौता गरि २०८१ बैशाख २ गते निर्माण सम्पन्न गरेको थियो ।

२४ सै घण्टा खुला रहने नमुना पेट्रोल पम्पको आज उदघाट गरिएको भएपनी बिक्रीवितरण भने गत बैशाख २४ गतेबाट नै शुरु गरिएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार