टिप्परको ठक्करबाट पैदलयात्री घाइते

धनगढी : कैलालीमा टिप्परको ठक्करबाट एक पैदलयात्री घाइते भएका छन्।

बुधबार गौरीगंगा नगरपालिका–१ चौमालास्थित भित्री सडक खण्डमा रा १ ख १७२६ नम्बरको टिप्परले ठक्कर दिँदा पैदल यात्री घाइते भएका हुन्।

SHIKHAR COOL TECH

घाइते हुनेमा गौरीगंगा नगरपालिका–२ कटानपुरका ५९ वर्षीय सुपराम चौधरी रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। घाइते चौधरीको चौमालामा रहेको डिके अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीले टिप्पर र चालक बझाङको थलारा गाउँपालिका–१ का २६ वर्षीय जीवन विकलाई नियन्त्रणमा लिएको जनाएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

CP
Ban karyalaya

सम्बन्धित समाचार