काठमाडौँ र ललितपुरमा ६० जनामा हैजा सङ्क्रमण पुष्टि

हेटौँडा : बागमती प्रदेशको दुई जिल्लाका ६० जनामा हैजा पुष्टि भएको छ । प्रदेशको ललितपुरमा ५० र काठमाडौँमा १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको हो । बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भदौ १९ गते बुधबारसम्म  यस प्रदेशमा गत साउनदेखि हालसम्म ६० जनामा हैजा सङ्क्रमण भएको जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा.रविन भुसालले गर्मी तथा वर्षायाममा विशेष गरी बालबालिकामा झाडापखाला, हैजा जस्ता रोग फैलिने भएकाले सावधानी अपनाउन आग्रह गर्नुभएको छ । झाडापखाला, हैजा जस्ता रोगबाट बच्न सरसफाइमा ध्यान दिन, स्वच्छ पानी तथा खाना खान, नरम तथा सजिलै पच्ने खानेकुरा थोरै थोरै पटक पटक गरी खुवाइरहन स्वास्थ्य मन्त्रालयले आग्रह गरेको हो ।

Dengue

सङ्क्रमितले प्रयोग गरेका धारा र इनारको पानी, ट्याङ्करको पानी लगायतमा हैजाका जीवाणु देखिरहेका छन् । पानी नै हैजा सार्ने प्रमुख माध्यम बनेको छ । हैजा भिब्रिओ कोलरी नामक जीवाणुको सङ्क्रमणका कारण हुन्छ । वर्षायाममा धेरै पानी पर्छ । पानीले थुप्रिएको फोहोर कुहिन्छ र फोहोरबाट निस्कने रस वर्षाको पानीले बगाएर लग्छ । दिसाका जिवाणु इनार वा पानीको मुहानमा मिसिँदा हैजा सङ्क्रमण गराउँछ ।

झाडापखालाको कारणमध्ये हैजाको सङ्क्रमण सबैभन्दा गम्भीर हो । हैजाले छोटो समयमा नै जटिलता ल्याउन सक्छ । काठमाडौँ उपत्यकामा भने सन् २०१५ र २०१६ यता हैजाका बिरामी फाटफुट देखिएका छन् । तर काठमाडौँ उपत्यका जहिले पनि जोखिम रहेको डा.भुषालको भनाइ छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार