मलेशियामा सिरहाका रुपेशको ह*त्या, दोषी प्रहरी नियन्त्रणमा

सिरहा : सिरहा जिल्लाको बिष्णुपुर गाउँपालिका २ राजपुरका २२ वर्षीय रुपेश यादवको आफ्नै साथिले ह*त्या गरिएको छ।

मलेशियामा एउटै कोठामा बस्दै आइरहेका निलम गुरुङले रुपेशको पेटमा चक्कु प्रहार गरी ह*त्या गरेको हो। वैदेशिक रोजगारको क्रममा २ वर्ष अगाडि मलेशिया सुपरमार्केटमा पुगेका रुपेशलाई उनीसँगै काम गर्ने निलम गुरुङले ह*त्या गरेको परिवारजनले जनाएका छ्न।

Galaxy

घटनाको जानकारी पाएपछि मलेशिया प्रहरीले तत्कालै निलम गुरुङलाई नियन्त्रणमा लिएको छ। यादवको असामयिक निधनले गाउँ र परिवारमा ठूलो क्षति पुर्‍याएको छ। घटनामा दोषीलाई कडा भन्दा कडा सजायको माग गर्दै परिवारजन र स्थानीयले नेपाल सरकारसँग उचित पहलको अपिल गरेका छन्।

यो घटनाले वैदेशिक रोजगारमा गएका नेपालीहरूको सुरक्षाको सवालमा गम्भीर प्रश्न उठाएको छ। रुपेशको शवलाई नेपाल ल्याउने प्रक्रिया सुरु गरिएको जनाइएको छ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Pradesh
Ban karyalaya

सम्बन्धित समाचार