कञ्चनपुरमा निर्माण गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय भवनको उद्घाटन

धनगढी : कञ्चनपुरमा निर्माण गरिएको नेपाल प्रहरी प्रदेश कार्यालय भवनको उद्घाटन गरिएको छ । गृहमन्त्री रमेश लेखकले बुधबार नवनिर्मित भवनको उद्घाटन गरेका हुन।

भवन उद्घाटन गर्दै उनले समारोहमा उनले नागरिकको सेवालाई पहिलो प्राथमिकतामा राख्न जोड दिए । उनले नेपाल प्रहरीलाई समयानुकुल अनुसन्धानका लागिसमेत अब्बल बनाउने पर्ने बताए । पछिल्लो समय साइबर अपराध बढिरहेकाले प्रहरीले परम्परागत अपराधबाहेक साइबर अपराधमा पनि अनुसन्धान गर्नुपरेको उनले बताए ।

Dengue

समारोहमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले सम्पूर्ण नागकिरले गुणस्तरीय सेवा प्राप्त गर्न सकुन भन्ने उदेश्यले पूर्वाधार विकासमा जोड दिएको बताए ।

उनले नवनिर्मित भवनले प्रदेश प्रहरीको अनुगमन र सुपरिवेक्षणमा सहज हुजे विश्वास व्यक्त गरे । विसं २०७९ मंसिर २९ गते आशिस कन्ट्रक्सनसँग उक्त भवन निर्माण गर्न १३ करोड २६ लाखमा ठेक्का सम्झौता भएको थियो ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार