१५ वर्षीया बालिकालाई जबरजस्ती करणी, ४७ वर्षीय पुरुष पक्राउ

सङ्खुवासभा : सङ्खुवासभाबाट १५ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ४७ वर्षीय पुरुष पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको धर्मदेवी नगरपालिका-८ बैरेनी टोल बस्ने ४७ वर्षीय हरि बहादुर श्रेष्ठ पक्राउ परेका हुन् ।

उनले ती बालिकालाई सोमबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा अस्थायी प्रहरी चौकी केवाबेशीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Dengue

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार