जिर्ण बन्दै धनगढी सभागृह, सञ्चालनको टुँगो छैन

भक्तराज जोशी

धनगढी । करिब २८ करोड रुपैयाँ लगानीमा निर्माण गरिएको धनगढी सभागृह प्रयोगविहीन बनेको छ । सभागृह सञ्चालन कार्यविधि तथा मापदण्ड नहुँदा विगत २ वर्षदेखि सभागृह प्रयोगविहीन बनेको हो ।

धनगढी उपमहानगरपालिकाले स्वामित्व लिएर सञ्चालन गर्नेगरी २८ करोड ५५ लाखमा तयार गरिएको उक्त सभागृह धनगढी उपमहानगरपालिका वडा नम्बर ८ धनगढी गाउँमा करिब डेढ बिघाह जग्गामा बनेको छ । तर सुविधासम्मपन्न पूर्वाधारसहित निर्माण भएको सभाहल अहिले भने प्रयोगमा नआउँदै जीर्ण बन्दै गएको छ ।

Dengue

त्यसो त निर्माण कम्पनीले सभागृह निर्माण, रंगरोगन र बिजुलीलगायतका मुख्य काम सकेर २०७९ जेठमा नै सभागृह संघीय आयोजना कार्यान्वय इकाईलाई हस्तान्तरण गरिसकेको थियो ।

तर सभागृहमा साउन्ड सिस्टम र फर्निचर जडान नगरी हस्तान्तरण गर्न लागिएपछि तत्कालीन नगर प्रमुख नृप वडको पालामा उपमहानगरपालिकाले सभागृहमको स्वामित्व लिन अस्वीकार गरेको थियो । त्यसपछि अलपत्र परेको सभागृह सञ्चालनको विषय अहिलेसम्म पनि अलपत्र परेको छ ।

उक्त सभागृहमा नौ सय जना क्षमताको मुख्य ‘अडिटोरियम’, दुई सय जना क्षमताको सेमिनार हल, एउटा प्रदर्शनी कक्ष, एउटा अतिविशिष्ट कक्ष र दुई वटा ‘रिहल्सलन’ कक्ष छन् । करिब चार सय गाडी अटाउने ‘अन्डरग्राउण्ड बेसमेन्ट पार्किङ’ समेत तयार गरिएको छ । तर लामो समयदेखि प्रयोगविहीन रहेको उक्त सभागृह अहिले भने जीर्ण बन्दै गएको छ ।

अहिले सभागृहका विभिन्न ठाउँमा सिसाहरु फुटेका छन् भने पर्खालहरु केही ठाउँमा चर्किएका छन् केही ठाउँमा भत्किएका छन् । त्यस्तै सभागृहमा लगाइएको रंग पनि खुइलिँदै गएको छ भने प्लास्टर गरिएको सभागृहको आँगनमा झार उम्रिएका छन् ।

यसरी करोडौँ खर्चेर निर्माण गरिएको संरचना प्रयोगविहीन हुँदा एक त बृहत योजनासहित निर्माण गरिएको सभागृहको अस्तित्व धरापमा परेको छ भने अर्कोतर्फ राज्यको करोडौँ लगानी खेर जाने देखिएको छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार