ह्वारह्वार्ति घट्दै केपी ओलीका फेसबुक फलोअर्स

धनगढी । प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुक फलोअर्स ह्वारह्वार्ति घट्न थालेको छ ।

मंगलबार सामाजिक सञ्जाल फेसबुकमा युवाहरुले ‘केपी ओली अनफलो’ अभिया नै चलाएपछि ओलीको फेसबुकबाट फलोअर्स ह्वारह्वार्ति घटेका हुन् ।

Dengue

खासगरी काठमाडौँका मेयर बालेन्द्र शाहले फेसबुकमा ‘पोस्ट उडाउने हैन, दोषी समाउ सरकार । म गलत हो भने मलाई समाउ, हैन भने दोषी समाउ ।’ भन्ने पोष्ट राखेपछि बालेन समर्थकले ‘केपी ओली अनफलो अभियान’ चलाएका हुन् ।

त्यसपछि नै प्रधानमन्त्री ओलीको फेसबुक फलोअर्स घट्न थालेको हो । हालसम्म ओलीको फेसबुकमा करिब ५० हजार बढी फलोअर्स घटिसकेका छन् । फलोअर्स घट्ने क्रम अझै जारी छ ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

0%

दु :खी

0%

अचम्मित

50%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार