धनगढीमा ‘ज्यानमारा’ रुखले थापेका धरापै-धराप (फोटो फिचर) 

भक्तराज जोशी

धनगढी । धनगढीमा कालोपत्रे भइसकेका सडकका बीच भागमा ठिङ्ग उभिएका रुखहरु ‘ज्यानमारा’ साबित हुँदै गएका छन् । 

देख्दै अचम्म लाग्ने ठूलाठूला रुखकै कारण हालसम्म आधा दर्जन बढीले ज्यान नै गुमाइसकेका छन् । तर, न ती रुख हटाउन पहल गरिएको छ, न रुखका कारण निम्तिन सक्ने जोखिम न्यूनिकरणका लागि कुनै प्रयास गरिएको छ । 

Dengue

मुख्यत धनगढीदेखि प्रमुख धार्मिक तथा पर्यटकीय स्थल बेडहाबाबा मन्दिर जाने सडकका अधिकांश ठाउँमा सडकका बीच बीचमा ठूलाठूला रुखहरु छन् ।

त्यस्तै, धनगढी उपमहानगरपालिकाको चक्रपथ तथा तुलसीपुर–भगवती टोल सडक, जाली–उत्तरखिम्लिना सडक, पिपल चौतारा–जाई–मट्यारी सडकमा पनि रुखमाथि नै पिच गरिएको छ । जसका कारण सवारी दुर्घटनाको जोखिम बढेको स्थानीयहरुले बताएका छन् । 

त्यसो त रुख काट्नका लागि वन विभागको अनुमति आवश्यक पर्छ । लामो समयदेखि वन विभागले रुख काट्ने अनुमति नदिँदा बीच सडकमा धराप बनेका रुखहरु पछिल्लो समय विभागको अनुमतिपछि पनि नकाटिँदा त्यसले झनै समस्या उब्जाएको छ । यतिसम्म की स्थानीयहरुले यस्ता ज्यानमारा सडक बनाउनुभन्दा नबनाएकै ठिक भन्दै विरोधसमेत गरिरहेका छन् । थप फोटो फिचरमा हेर्नुहोस्ः 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार