बालेनको निर्णयमा उपमेयर सुनिताद्वारा विरोध

काठमाडौँ : काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले गरेको निर्णयको उपमेयर सुनिता डंगोलले विरोध गरेकी छन् ।

मंगलबार बसेको नगरकार्यपालिकाको बैठकमा उपमेयर सुनिताले सर्वोच्च अदालतको फैसलालाई हवाला दिएर महानगर क्षेत्रका सबै नदी, खोला किनारको थप २० मिटर क्षेत्रमा भवन निर्माण गर्न अनुमति नदिने तथा निर्माण कार्य रोक्का राख्ने भनि बालेनको नेतृत्वमा भएको निर्णयको विरोध गरेकी हुन् । 

Dengue

यो निर्णयले महानगरका जनता आतंकित र त्रसित भएको उनले बताइन् ।  उनले यो निर्णय पुनर्विचार गरिनुपर्ने भन्दै पर्याप्त छलफलबिनै भएको निर्णयको स्वामित्व लिनुपर्छ भन्ने नरहेको बताइन् । प्रमुखस्तरीय निर्णयअनुसार यसबारे सूचना प्रकाशित भएको पाइएको भन्दै सुनिताले भनिन्, ‘यो सबैको निर्णय हो कि होइन ?

यस्तो संवेदनशील विषयमा पर्याप्त छलफल भएन । यो राम्रो पद्धति होइन । ’उनले अदालतले गरेका निर्णय सधैँ जनताको हितमा हुन्छ भन्ने नहुने भन्दै यसबारे पुनरावलोकनमा जानेलगायतका विषयमा महानगरमा छलफल नभएको भन्दै असन्तुष्टि समेत जनाइन् । यो विषयमा बैठकमा अन्य जनप्रतिनिधिले पनि प्रश्न उठाएका थिए ।

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार