शेयर बजार झिनो अंकले उचालियो, साढे १३ अर्बको कारोबार

काठमाडौं : शेयर बजार आज झिनो अंकले उचालिएको छ । कारोबार रकम भने त्यति बढ्न सकेन । 

नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ६.९० अंकले उचालिएको हो । ०.२४ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २८३०.१६ अंकमा पुगेको छ ।

Dengue

समग्रमा बजार बढे पनि बैंकिङ, फाइनान्स, हाइड्रो, उत्पादनमूलक, म्युचुअल फण्ड, अन्य र ट्रेडिङ समूह भने घटेका छन् । बाँकी समूहमा भने हरियाली छायो ।  बजारमा आज ३२८ कम्पनीका ३ करोड ५ लाख ९९ हजार ८ सय ९० कित्ता शेयर किनबेच हुँदा १३ अर्ब ५७ करोड ७१ लाख ५ हजार २ सय ८९.१७ रुपियाँ बराबरको कारोबार भएको थियो । 

आज एनएलजी, सिन्धु विकास बैंक, मातृभूमि लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक, वीन नेपाल लघुवित्त, मानुषी लघुवित्त र  बिन्दबासिनी हाइड्रोका लगानीकर्ताले १०–१० प्रतिशतले नाफा कमाए । 

त्यस्तै इस्टर्न हाइड्रो, सप्तकोशी डेभलपमेन्ट बैंक, कर्पोरेट डेभलपमेन्ट बैंक, आत्मनिर्भर लघुवित्त र उपकार लघुवित्तका लगानीकर्ताहरुले क्रमशः ९.९९, ,९.९९, ९.९९, ९.९८ र ९.९७ प्रतिशतले नाफा कमाए । 

यता, हिमालयन पावरका लगानीकर्ताले सबैभन्दा बढी ८.८६ प्रतिशतले घाटा व्यहोरे । आज एनएलजी इन्स्योरेन्सको उच्च कारोबार भयो । उक्त कम्पनीको ३४ करोड ७२ लाख २३ हजार २ सय ७३.६० रुपियाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । 

साताको पहिलो दिन आइतबार ५३.६३ अंकले बजार घट्दा १० अर्ब ५१ करोड ७६ लाख ८२ हजार ३ सय ४९.३२ रुपियाँ र हिजो सोमबार १२७.३२ अंकले बजार उचालिंदा १३ अर्ब १० करोड ४६ लाख ३१ हजार ८ सय २.६७ रुपियाँ बराबरको कारोबार भएको थियो । 

कल २४ न्युजमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सुचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला । FacebookInstagram मार्फत पनि हामीसँग जोडिन सक्नुहुनेछ । हाम्रो YouTube च्यानल पनि हेर्नु होला ।

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार